नबिल बैंकको ३५.२६ प्रतिशत लाभांश पारित, चुक्तापुंजी १३ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 05:27:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited को लाभांश पारित भएको छ । बैंकको ३६ औँ वार्षिक साधारणसभाले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

आर्थिक बर्ष २०७६/७७ मा मुनाफा मात्रै ३  अर्ब ४६ करोड रुपैया आर्जन गरेको बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३७ अर्ब  पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पुंजी यस बर्ष १३ अर्ब ४८ करोड नाघेको छ ।

साधारणसभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवालासञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । 

बैंकले ११९ वटा शाखा, १८५ वटा एटिएम मार्फत सेवा दिदै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved