गुडविल फाइनान्सको लाभांश पारित, नगद आजै शेयरधनीको खातामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 05:40:04 PM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्स लिमिटेड Goodwill Finance Company Limited को २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८ प्रतिशतले वृद्धि गरी ८ अर्ब ४९ करोड ३९ लाख ९८ हजार ७१७ तथा कर्जा तर्फ १५.८८ प्रतिशतले वृद्धि गरी ६ अर्ब ८४ करोड ५ लाख ४५ हजार ५०४ रुपैयाँ पुर्याएको जानकारी दिए । 

अध्यक्ष साखःले प्रस्तुत गरेको आ.ब.२०७६÷०७७ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ८.४ प्रतिशत बोनस शेयर तथा ३.६ प्रतिशत नगद लाभांश गरि जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले सर्वसम्वत रुपमा पारित गरेको छ । 

साधारणसभाले पारित गरेको ३.६ प्रतिशतले हुन आउने नगद लाभांश आजै शेयरधनीहरुको खातामा पठाइसकिएको बताएईको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved