युनाईटेड फाइनान्स United Finance Limited को २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष बसन्त कुमार चौधरीले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्दै संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजय कुमार मिश्रले दिएको जानकारी अनुसार साधारण सभाले आर्थिक बर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, संस्थाको लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ ।
संस्थाले आ.व. २०७७/७८ को लेखापरिक्षकका रुपमा सार एसोसिएट लाई पुन नियुक्ती गरेको छ ।