मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 01:42:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाइनान्स लिमिटेडको Manjushree Finance १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात लगायत अनुसूचीहरु पारित गर्दै पुस २९ गते साधारणसभा सम्पन्न भएको हो । 

सभाले फाइनान्सका शेयरधनीहरुलाई २३.५० (५.५ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनश शेयर) लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्तापुँजी रु.९६ करोड ५३ लाख पुगेको छ । 

साथै सभाले आ.व. २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

संस्थाको  हालसम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ । नयाँबानेश्वर काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको फाइनान्सको काठमाडौँको न्युरोड, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्जमा शाखा कार्यालय रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved