यूनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 04:58:37 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड इन्स्योरेन्स कम्पनीको United Insurance Company (Nepal) २६ औँ वार्षिक साधारणसभा सम्पन भएको छ । आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात लगायत अनुसूचीहरु पारित गर्दै माघ ७ गते साधारणसभा सम्पन्न भएको हो । 

साथै सभाले आ.व. २०७७÷०७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरेको छ । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय साधारण सभाले पारित गरेको जनाईएको छ । 

कम्पनीले आ.व.२०७७÷०७८ को वित्तीय विवरणमा कुल बीमा शुल्क आम्दानी ४८ करोड ८० लाख रहेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved