एनसीसी बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 04:31:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited को लाभांश पारित भएको छ । बैंकको २३औं वार्षिक साधारणसभाले १०.२६९५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाबाट संस्थापक समुह “क” बाट तीन (३) जना र सर्वसाधारण समुह “ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । 

साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् । समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला,सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् । 

बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० रुपैयाँ पुग्नेछ ।

हाल बैंकले १२७ शाखा र १०२ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

बैंकले आर्थिक वर्ष २०७६/७७ मा ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी १ अर्ब १० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved