नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 02:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको National Life Insurance Company ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात लगायत अनुसूचीहरु पारित गर्दै माघ १५ गते साधारणसभा सम्पन्न भएको हो । 

वार्षिक साधारण सभाले आ.व. २०७५/०७६ को लागि चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर जारी गर्ने र वोनस शेयर वापतको कर प्रयोजनको लागि एक करोड ६२ लाख २४ हजार ३५१ नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साधारण सभामा आ.व.२०७५/०७६ मा २५ वटा नँया शाखा खोल्न स्विकृती अनुसार शाखा विस्तार गरी कुल शाखा ९९ पुगेकाे जनाइएकाे थियाे । आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्दै व्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर बृद्धिमा विशेष जोड दिइने कम्पनीका अध्यक्ष प्रेमा सिंहले जनाएका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved