गरिमा विकास बैंकको लाभांस पारित, अध्यक्षमा श्यामप्रसाद बस्याल सर्वसम्मतले चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2021 | 10:02:37 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited को लाभांश पारित भएको छ। बैंकको आज सम्पन्न बार्षिक साधारणसभाले १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो। 

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन ।

त्यस्तै 

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४ औं बार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु  श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भए पश्चात बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक गरिमाको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved