फेरी हकप्रद निष्काशन गर्ने शिखर इन्स्योरेन्सको प्रस्ताव, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 10:17:08 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited ले हकप्रद प्रस्ताव गरेको छ  । कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने बोनस पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २७.७६९ प्रतिशत बोनस र १.४६२ नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सो लाभांश पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

लाभांश पारित गर्न र हकप्रद निष्काशन प्रस्ताव पारित गर्न कम्पनीले चैत्र ९ गते सोमबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले एक साथ १५ औ र १६ औ सभा आह्वान गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  वितरण हुने छ ।  त्यस्तै सभामा कम्पनीको अधिकृत पुँजी ४ अर्ब पुर्याउने, संस्थापक र सर्बसाधारणको शेयर अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पनि पेश हुने छ ।  कम्पनीले सभामा २ जना संचालकको निर्वाचन पनि गर्ने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कम्पनीले ८ महिना आगाडी मात्र ३० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved