सबैको लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 09:02:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १४ गते बन्दीपुरमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरि कुल ११.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६४ लाख रहेको छ । 

त्यस्तै सभामा सभामा संचालक समितिको प्रतिवेदन , लेखापरीक्षक प्रतिवेदन, र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने तथा आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव पेश हुने छ  । 

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, तथा मर्जर तथा प्राप्तिमा जानको लागि सम्झौता गर्ने, डिडिए गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  । त्यस्तै नियामक निकायबाट निर्देशन भई आएमा सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत्र १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved