राधी विद्युत कम्पनीले एफपिओ निष्कासन गर्ने बाटो खुलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 10:38:04 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनी Radhi Bidyut Company  ले थप सार्वजनिक शेयर (एफपिओ) निष्काशनको लागि बाटो खुलाएको छ । कम्पनीको बुधबार सम्पन्न आर्थिक वर्ष ७५/७६को  साधारणसभाले प्रबन्धपत्र नियमावली संशोधन गर्दै एफपिओ) निष्काशनको लागि बाटो खुलाएको हो। 

कम्पनीले आफ्नो प्रबन्धपत्रको दफा ६ मा रहेको 'कम्पनीको पूँजीको संरचना र विभिन्न प्रकारको शेयर संख्या' शिर्षकमा रहेको ६.४ को साविकको ब्यबस्थालाई परिमार्जन गरी सो को स्थानमा 'प्रचलित ऐन बमोजिम सर्वसाधारणलाई २५ प्रतिशत शेयर जारी गरिसकिएको छ । प्रचलित ऐन बमोजिम कम्पनीले थप सार्वजनिक शेयर (फ्पो) जारी गर्न सक्नेछ ।' भन्ने वाक्यांस थप गरेको हो ।  

त्यस्तै कम्पनीले व्यवस्थापकिय सेवा  तथा आवश्यकता अनुसार अन्य परामर्श सेवा प्रदान गर्ने सक्ने गरि प्रबन्धपत्रमा संशोधन गरेको छ । यसका साधारणसभाले हाल कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भई संस्थापक तथा सर्वसाधारण शेयरको एउटै समूहमा कारोबार भईरहेकोले शेयरको एकै समूह मात्र रहने गरि संशोधन प्रस्ताव पारित गरेको छ । साधारणसभाले अनिल कुमार रुङ्टा, आयुषा श्रेष्ठ, विनय कुमार तादी, दिपेन्द्र लाल कर्ण र श्रेय राज भण्डारीलाई संचालकमा चयन गरेको छ । 

सभाले लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, संचालक समितिको प्रतिवेदन पारित गर्ने, अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट लाभांश भने घोषणा गरेको थिएन ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को साधारणसभा गर्न बाँकि छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved