शप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश नदिने, मर्जरको जिम्मा संचालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 10:30:16 AM मा प्रकाशित

laxmi  sunrise bank

शप्तकोशी डेभलपमेन्ट बैंक Saptakoshi Development Bank Limited  ले लाभांश वितरण नगर्ने भएको छ । बैंकको शुक्रबार संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो । 

कम्पनीले चैत्र २८ गते शनिवार साधारणसभा आह्वान गरेको छ । सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पेश गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पेश गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सर्बसाधारण शेयरधनीको तर्फबाट १ जना महिला संचालकको नियुक्ति गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा मर्जर तथा प्राप्तिमा जानको लागि आवश्यक पर्ने सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि चैत्र १५ देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved