डिप्रोक्स लघुवित्तको साधारणसभा मिति तय, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 10:50:17 AM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha ले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले चैत्र २० गतेको लागि सभा आह्वान गरेको हो  । 

सभामा  लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ९ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved