सबैको लघुवित्तको साधारणसभा सम्पन्न, अधिकृत पुँजी साढे २ गुणाले बढाउने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2021 | 08:03:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड SABAIKO LAGHUBITTA BITTIYA SANSTHA को चौथो बार्षिक साधारणसभा सम्पन भएको छ। लघुवित्तका अध्यक्ष सृजना जोशीको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको गत आर्थिक बर्षको लाभांश पारित गरेको छ। 

साधारणसभाले अधिकृत पुंजी २० करोडबाट वृद्धि गरी ५० करोड  पुर्याउने, वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको ब्यक्तिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ।

त्यस्तै साधारणसभाले वित्तीय संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा मर्जर) वा एक्विजिशन गर्ने वा शाखा खरिद गर्न आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालन समिति वा समितिले तोकको ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ।

१०.५ प्रतिशत बोनस सेयर स्वीकृत पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड ६४ लाख ५० हजार बाट बढेर २० करोड ६० लाख २७ हजार २५० रुपैयाँ पुगेको छ। सबैको लघुवित्तले आर्थिक बर्ष २०७६।७७ मा २ करोड ६१ लाख ५ हजार ६७४ रुपैयाँ र ९३ पैसा खुद मुनाफा गरेको थियो। 

त्यस्तै चालु आर्थिक बर्षको ८ महिनामा सबैको लघुवित्तले ८ करोड ६ लाख ६ हजार ८७९ रुपैयाँ खुद मुनाफा गरेको छ । वित्तीय संस्थाले चालु आ.व. २०७७।७८ को फाल्गुण मसान्तसम्ममा रु. ८ अरब ३५ करोड ८९ लाख २७ हजार ७०० लगानी गरी रु. ५ अरब ५४ करोड ३६ लाख ६५ हजार ६०१ रुपैयाँ  कर्जा असुली गरेर र २ अर्ब ८१ करोड ५२ लाख ६२ हजार ९९ रुपैयाँ कर्जा लगानीमा रही रहेको र सोही अवधिसम्म वित्तीय संस्थाले आफना ग्राहक सदस्यहरुको ७७ करोड ७६ लाख ९१ हजार ६८२ बचत परिचालन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved