सुपर माई हाइड्रोले आईपिओ निष्काशन अगावै लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 08:53:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सुपर माई हाइड्रोपावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ ५ गते भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो । 

सभामा  लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुंजीको ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि शेयरधनीले उक्त लाभांश पाउने छन् । 

त्यस्तै कम्पनीले आईपिओ निष्काशन गर्ने समबन्धि विशेष प्रस्ताव साधारणसभामा लैजाने भएको छ  । कम्पनीले हालसम्म आईपिओ निष्काशन गरेको छैन । आईपिओ अगाडी नै कम्पनीले लाभांश वितरण गर्न लागेको हो 

त्यस्तै अन्य प्रस्तावमा आर्थिक वर्ष  ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा , नोक्सान विवरण र अन्य सम्पूर्ण वित्तीय विवरण पारित गर्ने, आगामी आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले इलाममा ७.६ मेगावाटको सुपर माई हाइड्रोपावर योजना निर्माण सम्पन्न गरि १ वर्षदेखि विद्युत उत्पादन गरिरहेको छ । यो आयोजना लक्ष्य भन्दा २२ महिना अगाडी नै सम्पन्न भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved