ग्रामिण विकास लघुवित्तको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 12:30:02 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामिण विकास लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ ५ गते आइतबार भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि साधारणसभा आह्वान गरेको हो । 

कम्पनीको सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संस्थापक शेयरधनी समुहबाट २ जना र सर्वसाधारण शेयरधनी समुहबाट २ जना संचालक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत ग्रामिण विकास लघुवित्त र अन्य कुनै लघुवित्तबीच गाभ्ने गाभिने समबन्धि प्रस्ताव पारित गर्ने र गाभ्ने गाभिने समबन्धि सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ  । विशेष  प्रस्ताव अन्तर्गत नै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट कुनै पनि लाभांश वितरणको प्रस्ताव गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २५ गतेदेखि साधारणसभा नहुँदा सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन २४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved