सानिमा माई हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 08:26:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा माई हाइड्रोपावर लिमिटेड  Sanima Mai Hydropower  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ११ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।

कम्पनीको साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १ सय ५ रुपैयाँ नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ । 

त्यस्तै सभामा  दशौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्त सम्मको वासलात, आ.व. २०७७/७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणरसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने र लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ. व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।

त्यस्तै कम्पनीका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने  दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ। बोनस शेयर निष्काशन प्रयोजनका लागि जारी तथा चुक्ता पूँजीमा वृद्धि गर्ने, र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ । 

कम्पनीले कार्तिक ११ गते साधारणसभा आह्वान गरेको छ साधारणसभा प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved