सम्पन्न क्यापिटलले २६.३१ प्रतिशत लाभाशं दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2021 | 02:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लि. ले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७÷२०७८ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयेर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पूँजीको १.३१६ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव पास गरेको छ । 

बोनश पश्चात संस्थाको चुक्ता पुँजी ३ करोड ८४ लाख ९७ हजार हुनेछ । संस्थाले पुरानै कार्यसमितिलाई अनुमोदन गरेको छ भने हकप्रद सेयर निस्कासन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिएको छ ।

अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालु आर्थिक बर्षमा पुँजी बृद्धि गर्दै लगानी ब्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धि कार्र्य गर्ने अनुमतिपत्र लिने  जानकारी दिए । त्यस्तै गरि संस्थाले आगामी आर्थिक बर्ष भित्र पचास हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ ।

सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्ने मर्चेट बैंकर हो । संस्थाले निक्षेप सदस्यको कार्य समेत गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved