स्वरोजगार लघुवित्तको साधारणसभा आह्वान, केहि लगानीकर्ताले बोनसमा लाग्ने कर आफै तिर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 08:55:27 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २७ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८ सय २४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले जनकपुर लघुवित्तलाई प्राप्ति गरि गत असोज २५ गतेबाट एकिकृत कारोबार सुरु गरकोले लाभांशमा कर छुट पाउने भएकोले नगद लाभांश प्रस्ताव गरेको छैन ।  तर एकिकृत कारोबार भएको मिति २०७७/६/२५ पछि कायम शेयरधनीले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ । 

 आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीक्जो चुक्ता पुंजी ४१ करोड १२ लाख ७९ हजार २ सय ९७ रुपैयाँ रहेको छ ।

त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने, सर्बसाधारण समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । 

कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १२ गतेदेखि करिक २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved