आरविवि मर्चेन्ट बैंकिङको साधारणसभा आह्वान, १० प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 08:56:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ३० गते राष्ट्रिय बाणिज्य बैकको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । 

कम्पनीको साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०७७/०७८ को नाफाबाट कम्पनीको चुक्ता पूँजीको १०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव. २०७७/७८ को कम्पनीको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात र २०७७/०४/०१ देखि मिति २०७८/०३/३१ सम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आव. २०७८/७९ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै सभामा कम्पनीको नियमावली संशोधन प्रस्ताव उपर छलफल गरी पारित गर्ने विशेष प्रस्ताव पेश हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved