ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 09:34:55 AM मा प्रकाशित

ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकले साधारणसभा प्रयोजनार्थ मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन।

बैंक संचालक समितिले गत आर्थिक बर्षबाट आफ्ना सेयरधनीहरुलाई १३।५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। उक्त लाभांशमा १० प्रतिशतले बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.५ प्रतिशत नगद लाभांश रहेको छ।     

बैंकले मङ्सिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा बार्षिक साधारणसभा आह्वान गरेको हो । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्ताव : 

(क) सामान्य प्रस्ताबहरु :

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने ।

३) यस बैंकको सहायक कम्पनी रलोबल आइएमई क्यापिटल लि.तथा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको आ.व २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated ) वित्तीय विवरण स्वीकृत गर्ने ।

४) कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुंजीको ३.५ प्रतिशत नगद लाभांस स्वीकृत गर्ने ।

(ख) विशेष प्रस्तावहरु :

१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर स्वीकृत गर्ने ।

२) आ.व. २०७७/०७८ को मुनाफा समेतबाट शेयरधनीहरुलाई बोनश शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरी प्रवन्धपत्रको दफा ५(ख) र ५(ग) संशोधन गर्ने ।

३) बैंकको पुजी वृद्धिको लागि प्रबन्धपत्र, नियमावली संसोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन /परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved