स्वाभिमान लघुवित्तको साधारणसभा आह्वान, मर्जरको पनि प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2021 | 02:56:39 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वाभिमान लघुवित्त Swabhimaan Laghubitta Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ८ गते भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि १.७० प्रतिशतले हुन आउने १५ लाख ६४ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ९ करोड २० लाख ५० हजार रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

क. सामान्य प्रस्तावः

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्युबाट प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लखापरीक्षण प्रतिवेदन सहितको २०७८. आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।

(३) आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको १.७० प्रतिशतले हुन आउने रकम रु.१५,६४,८५०/- (पन्ध्र लाख चौंसठ्ठी हजार आठ सय पचास मात्र) बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) बितरण गर्न स्वीकत गर्ने ।

(५) संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन गर्ने।

(६) रिक्त संचालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने बारे ।

ख. विशेष प्रस्तावः

(१) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको ३२.३० प्रतिशतले हुन आउने रकम रु.२,१७,३२,१५०/- (दुई करोड सन्तानब्बे लाख बत्तीस हजार एक सय पचास मात्र) बराबरको बोनश शेयर जारी गर्न स्वीकृत गर्ने ।

(२) वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने ।

(३) संचालकहरुको सेवा सुविधा पुनरावलोकन गर्ने बारे ।

(४) प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।

(५) अन्य इजाजतपत्र प्राप्त (घ) वर्गका वित्तीय संस्थासंग मर्जर (Merger) वा प्राप्ति (Acquisition) गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(६) संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved