सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 03:02:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एण्ड बैङक्वेट धुम्बाराही सम्पन्न भएको सभाले विभिन्न प्रस्तावहरु पारित गरेको छ । 

अध्यक्ष लामिछानेले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन र नेपाल वित्तिय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरण पेश गरेका थिए । सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ।

त्यसै गरी आगामी आ.व. २०७८/०७९ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेण्टलाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ। 

कम्पनीका हाल २६ शाखा छन् । आगामी दिन शाखा संख्या पनि थप गर्ने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved