सेञ्चुरी कमर्सियल बैंकको लभांश पारित, सेयर संरचना पनि परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 04:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited को लभांश पारित भएको छ । बैंकको ११औँ वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको हो ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको सभाले चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ्ग र १०८ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved