नबिल बैंकको लाभांश पारित, अध्यक्षमा दोहोरिए उपेन्द्र प्रसाद पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 05:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited को लाभांश पारित भएको छ । बैंकको ३७औँ वार्षिक साधारणसभाले ३८ प्रतिशत लाभांश (३३.६० प्रतिशत बानस शेयर र ४.४० प्रतिशत नगद लाभांश) प्रस्ताव पारित गरेको हो । 

सभा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । 

आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी ३३.५७ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पू“जी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

उक्त सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेल लाई निर्बिरोध निर्वाचित गरेको छ । साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । 

पौडेल मिति २०७४ मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएका छन् । 

नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved