जनउत्थानको लाभांश पारित, अधिकृत पूँजी ५० करोड पुर्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 07:49:31 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तको ११ औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ । 

उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७७/०७८ को मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १.३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र २५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ । 

त्यस्तै संस्थाको अधिकृत पूँजी १५ करोडबाट बृद्धि गरी ५० करोड पु¥याउने, राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने गाभिने तथा प्राप्ती समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved