१३ प्रतिशत शेयर लाभांश पारित गर्दै सकियो कालिका लघुवित्तको साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2022 | 08:23:23 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्तको लाभांश पारित भएको छ । संस्थाको १२औँ साधारणसभाले १३ प्रतिशत शेयर लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

साधारणसभाको उद्धघाटन संचालक समितिका अध्यक्ष एवं सभाका अध्यक्ष कृष्ण बहादुर खाँणले गरेका थिए  ।

अध्यक्ष खाँणले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका सम्बन्धमा सहभागी शेयरधनीहरुको तर्फबाट उठेका टिप्पणी र सुझावहरुमा विस्तृत छलफल गर्दै सभामा पेश भएका विभिन्न प्रस्तावहरु पारित भएका छन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, पूर्व संस्थापक अध्यक्ष चन्द्र बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रवन्ध संचालक केशवनारायण प्रधानले संस्थाको बर्तमान अवस्था र भावी योजनाहरुवारे विवरण प्रस्तुत गरेका थिए   ।

संस्थाका कम्पनी सचिव एवं वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेले उक्त सभा संचालन गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved