नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2022 | 08:29:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २० औं बार्षिक साधारण सभा यस बैकका अध्यक्ष राम प्रसाद रोपाखेतीको अध्यक्षतामा सम्पन्न गरेको छ । 

चितवन रत्ननगर १, टाँडीमा केन्द्रीय कार्यालय रहेको बैंकले भौतिक तथा भर्चुअलको माध्यमबाट सौराहास्थित होटल सेन्ट्रलपार्कमा पौष २९ गते सभा सम्पन्न गरेको हो । संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक बर्ष भित्र पुरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ । 

सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आ. व. २०७८/०७९ को लागी लेखा परिक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved