इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 11:30:05 AM मा प्रकाशित

laxmi bank

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । हिमालयन बैंक अंगको मर्जर प्रस्ताव पारित गर्नको लागि इन्भेष्टमेन्ट बैंकले माघ ४ गते विशेष साधारणसभा आह्वान गरेको थियो। 

तर हिमालयन बैंकको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेपछि इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा रद्द गरेको हो। इन्भेष्टमेन्ट बैंकको माघ १ गते बसेको संचालक समितिको बैठकले हिमालयनको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेपछि विशेष साधारणसभा गरिरहनु प्रयोजनहिन हुने भन्दै विशेष साधारणसभा रद्द गरेको हो । 

हिमालयन बैंकको पुस ३० गते सम्पन्न २९ औं बार्षिक साधारणसभाले  इन्भेष्टमेन्ट बैंकसंगको मर्जर प्रस्ताव अस्वीकृत गरेको थियो ।  उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये पचहत्तर प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक पचहत्तर प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको हो। उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३%, विपक्षमा ४२.२९% र मत नहाल्नेमा १४.०९५ रहेका थिए ।

यो पनि : कारवाहीबाट बच्ने प्रयासमा हिमालयन र इन्भेष्टमेन्ट बैंक, फिर्न सक्छ सिभिल र सेन्चुरीका दिन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved