जाल्पा सामुदायिक लघुवित्तको साधारणसभा आह्वान , मर्जर सम्बन्धि प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 08:39:15 AM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ २८ गते शनिवार बुटवलको रुपन्देहीमा सभा गर्न लागेको हो 

कम्पनीले सभामा मर्जर सम्बन्धि प्रस्ताव पनि पेश गर्ने भएको छ ।  कम्पनीले अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्न लागेको हो 

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।  कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । 

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु: 

१.सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२.लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने ।

३.आर्थिक वर्ष २०७४/७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४.सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद संख्या २ को निर्वाचन गर्ने ।

विशेष प्रस्तावहरुः

१.यस वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गको अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

२.वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । ३.प्रवन्धपत्र र नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved