किसान लघुवित्तको साधारणसभा आह्वान , यस्ता छन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2022 | 08:38:24 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ २८ गते शनिवार धनगढीमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  

कम्पनीले  २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा लैजाने भएको छ।  कम्पनीले हाल कायम चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय ७५ रुपैयाँ २५ पैसा को २० प्रतिशतले हुन आउने ७ करोड ८५ लाख ६१ हजार ७ सय ५५ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  जेठ १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यो कम्पनी साविकको एनआरएन लघुवित्त हो । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

क) साधारण प्रस्तावहरु

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात र मिति २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।

३) कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) मनोनित संचालकको अनुमोदन गर्ने सम्बन्धमा ।


विशेष प्रस्तावहरु:

१. सञ्चालक समितिको प्रस्तावबमोजिम आ.व. २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी रु.३९,२८,०८,७७५/२५ को २० प्रतिशतले हुने रकम रु. ७८५६१७७५/०५ बोनस शेयर वितरणको प्रस्ताव पारित गर्ने ।

२. बोनश शेयर वितरण र थप सर्वसाधारणलाई शेयर निष्कासन गर्नुपर्ने भएकाले प्रबन्धपत्रको दफा ६ को उपदफा 'ख' र 'ग', दफा ८ को 'ङ' र नियमावलीको दफा २७ (२) संशोधन गर्ने र थप सर्वसाधारणको लागि शेयर निष्कासन गर्नेसम्बन्धी उपदफा 'झ' थप गर्ने ।

३. संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिसन)सम्बन्धी प्रक्रिया अगाडि बढाउन र तत् सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

४. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन प्राप्त भएमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी
प्रदान गर्ने ।

५. संस्थाको केन्द्रीय कार्यालय सार्ने सम्बन्धमा । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved