नबिल बैंक र नेपाल बंगलादेश बैंकको विशेष साधारणसभा आज, मर्जर प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2022 | 09:01:07 AM मा प्रकाशित

laxmi  sunrise bank

गाभ्ने गाभिने प्रस्ताव पारित गर्न आज नबिल बैंक र नेपाल बंगलादेश बैंकले विशेष साधारणसभा गर्न लागेका छन् ।  नबिल बैंकले बिहान ११ बजे गैरीधाराको सिल्भर ओक ब्यान्क्वेटमा सभा आह्वान गरेको हो भने भने नेपाल बंगालदेश बैंकले बिहान ११ बजे जुमको माध्यमबाट अनलाइन सभा गर्न लागेको हो । 

नबिल बैंकको सभामा  नेपाल बंगलादेशलाई गाभ्ने प्रस्ताव पेश हुने छ भने नेपाल बंगालदेश बैंकको सभामा नबिल बैंकमा गाभिने प्रस्ताव पेश हुने छ ।   

यस्ता छन् नबिल बैंकको सभामा पेश हुने प्रस्ताव : 

 १. नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टेण्ट्सबाट प्राप्त लक्षित संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याकन प्रतिवेदन (Due Diligence Audit Report) बमोजिम सिफारिस गरिएको शेयर आदानप्रदान अनुपात (Share Swap Ratio) मा व्यावसायिक अवसरहरू, व्यवसायको प्रतिष्ठा, कर्मचारीहरूको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिति, मुनाफा वितरणको इतिहास, पछिल्लो शेयर बजार मूल्य समेतका विषयहरूको आधारमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको १०० कित्ता शेयर वरावर उक्त कम्पनीका शेयरधनीहरुलाई नविल बैंक लिमिटेडको ४३ कित्ता १:०४३) शेयर प्रदान गर्ने गरी नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति (Acquisition) गर्न स्वीकृति प्रदान गर्ने ।

२. नेपाल बंगलादेश बैंक लिमिटेडलाई नविल बैंक लिमिटेडले प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report), समझदारीपत्र (Memorandum of Understanding) तथा अन्तिम सम्झौता पत्र (Final Scheme of Arrangement) लगायतका सम्पूर्ण काम कारवाहीहरूलाई अनुमोदन गर्ने।

३. विशेष प्रस्ताव १ बमोजिम नेपाल बंलादेश बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएको तथा संस्थापक र सर्वसाधारण शेयरधनीहरूको शेयर स्वामित्व प्रतिशत समेत परिवर्तन हुने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्रको विभिन्न दफाहरूमा संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने ।

४ नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रकियामा एवं बैंकको प्रवन्ध पत्र तथा नियमावली संशोधनको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका विभिन्न नियमनकारी निकायबाट स्वीकृति लिने/ अभिलेस गर्ने कममा भए गरेका काम कारबाही या पूंजी सरचना या प्रबन्धपत्र तथा नियमावलीको संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कनै निर्देशन प्राप्त भएमा सोही बमोजिम संशोधन परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

५. नबिल बैंक लिमिटेडमा अर्को बैंक तथा वित्तीय संस्था गाभ्ने वा बैंकलाई अर्को बैंक तथा वित्तीय संस्थासंग गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर प्राप्ति समितिको गठन गर्ने, उपयुक्त संस्थासंग समझदारीपत्र (Memorandum of Understanding) गर्ने, सम्पत्ति तथा दायित्व मुल्यांकन (Due Diligence Audit) गर्ने गराउने, शेयर आदानप्रदान अनुपात (Share Swap Ratio) तय गर्ने, गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका सो सम्बन्धमा गनुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved