सानिमा क्यापिटलको साधारणसभा आह्वान, १५.७८ प्रतिशत लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 08:50:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले असोज २६ गते नक्साल सहित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५.७८९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सानिमा क्यापिटल सानिमा बैंकको सहायक कम्पनी भएकोले यो लाभांश सानिमा बैंकले पाउने छ 

यस्ता छन् सभामा पेश हुने अन्य प्रस्ताव :

१. सातौं वार्षिक साधारणसभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने। 

३. आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १५.७८९ प्रतिशतले हुने रकम रू.३,९४,७३,६८४/- (तीन करोड चौरानब्बे लाख त्रिहत्तर हजार छ सय चौरासी मात्र) बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

५. विविध 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved