फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ३० गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा सभा आह्वान गरेको हो। सभा सोही दिन दिउँसो १ बजेबाट सुरु हुने छ।
सभामा विविभ प्रस्तावहरु पेस हुनेछन्। कम्पनीले आर्थिक वर्ष ७८ ७९ को मुनाफाबाट ३० प्रतिशत लाभांश प्रस्ताव पेस गर्ने छ। कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिन लागेको हो। कम्पनीको साधारणसभाले पारिति गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरणि हुनेछ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ।
यस्ता छन् सभामा पेस हुने प्रस्तावहरु
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल
आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने
संस्थाको अधिकृत पुँजी वृद्धि गर्ने सम्बन्धि प्रस्ताव
विशेष प्रस्ताव,
अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने