सिवाईसी नेपाल लघुवित्तले बोलायो सभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् ३१ प्रतिशत लाभांश?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2022 | 11:31:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ३० गते सभा आह्वान गरेको हो। सभा संस्थाको केन्द्रीय कार्यालय पोखरामा गर्न लागेको हो।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३१.५८  प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले  पुस १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावः

सामान्य प्रस्ताव,

आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।

लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने।

आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । 

गत आर्थिक वर्षमा भएको सञ्चालक समिति र अन्य समितिको बैठक भत्ता तथा समिति सम्बन्धी अन्य खर्च अनुमोदन गर्ने

विशेष प्रस्तावहरु, 

संसथाको प्रबन्धपत्र र नियमावलीमा समसामायिक थप/शंसोधन गर्ने

यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्नको लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको पहिचान गर्ने, सहमतिमा हस्ताक्षर गर्ने, सो को आधारमा राष्ट्र बैंकमा निवेदन दिन, चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक तोक्ने लगायतका आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved