मञ्जुश्री फाईनान्सको वार्षिक साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 05:25:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाईनान्स लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेको छ । 

२७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी छ । ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले १२.४६ अर्ब निक्षेप संकलन गरि ११.५० अर्ब कर्जा परिचालन गरेको छ  ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र एटिएम सेवा  लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved