आँधिखोला लघुवित्तको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2023 | 07:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्तको छैठौ वार्षिक साधरणसभा सम्पन्न भएको छ । सभाले संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरेको छ । 

सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलत , नाफा नोक्सानको हिसाव  तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिएको वताइएको छ ।

साथै ,सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम ३० प्रतिशत वोनश शेयर र १.५८ प्रतिशत कर प्रयोजन सहित ३१.५८ प्रतिशत बोनस शेयर स्वीकृत गरेको छ । 

साधरण सभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए भने कार्यक्रमको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश के सीले गरेका थिए । 

लगानीकर्ताहरुको जिज्ञासाको जवाफ सञ्चालक समितिका अध्यक्ष के.सी लगाएत सञ्चालकहरु द्धय सावित्रा दवाडी पौडेल र वुद्धिसागर त्रिपाठीले दिएका थिए । 

संस्थाले ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा कार्यक्रम संचालन गर्दै आएको र पोखरा महानगर पालिका ०९ सभागृहचोकमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था संग मर्जरको लागी नेपाल राष्ट वैंक वाट अन्तिम स्वीकृति प्राप्त भैसकेको र छिट्टै एकिकृत कारोवार सञ्चालन गर्नका लागि सूचना प्रकाशनको संघारमा रहेको वताइएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved