एशियन हाइड्रोपावरले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2023 | 10:37:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन हाइड्रोपावर लिमिटेडले जेठ ३२ गते साधारणसभा बोलाएको छ । जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३२ गते कम्पनीको चौथो साधारणसभा बोलाएको हो ।

सभामा सञ्चालक समितिले कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पेश गर्नेछ ।

कम्पनीले साधारणसभामा भाग लिने प्रयोजनको लागि जेठ १९ गते बुकक्लोज मिति तोकेको छ ।

बुकक्लोज अनुसार १९ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेबाट कारोबार भई कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा प्राप्त सेयर नामसारीको लिखतको आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved