
एसियन हाइड्रोपावरले आफ्नो चौथो बार्षिक साधारणसभा डाकेको छ। यहि जेठ ३२ गतेको लागि वार्षिक साधारण सभा ललितपुरको इन्ट्रास क्याफेमा डाकिएको एसियन हाइड्रोले जनाएको छ।
हाइड्रोको वार्षिक साधारणसभाका मुख्य एजेन्डामा २०७८-०७९ को वार्षिक वित्तीय विवरण पेश गर्ने, अडिटरले आफ्नो वित्तीय विवरण प्रस्तुत गर्ने, २०७९-८० को लागि अडिटर नियुक्त गर्ने, ऐन संसोधन गर्ने, संस्थापक समुहबाट संचालक नियुक्त गर्ने रहेका छन्।
वार्षिक साधारणसभाको लागि जेठ १९ गते बुक क्लोज तय गरिएको छ। जेठ १९ गते भन्दा अगाडी कायम सेयरधनीहरुले वार्षिक साधारणसभामा भाग लिन पाउनेछन।