
समिट लघुवित्त वित्तीय संस्थाको साधारणसभा स्थगित भएको छ । शुक्रबार एक सूचना जारी गर्दै लघुवित्तले साधारणसभा स्थगित गरेको जनाएको छ ।
जेठ ८ गते बसेको लघुवित्त सञ्चालक समितीको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा सभा बोलाएको थियो ।
नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जरको प्रक्रियामा रहेको लघुवित्तले मर्जरका सम्बन्धमा विशेष प्रस्तावमा फेरबदल गर्नु परेकोले सभा स्थगित गर्नु परेको जनाएको छ ।
यी दुई संस्थाले गत असोज २६ गते मर्जरमा जाने सम्झौता सम्झौता गरेका थिए । सम्झौता अनुसार समीट लघुवित्तको १०० कित्ता शेयर बरावर नेशनल माइक्रोफाइनान्स लघुवित्तको ८२ कित्ता कायम हुनेछ ।
सभामा हाल कायम चुक्ता पूँजीको १३.५६२७५३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१३८२९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुने बताइएको थियो । साथै बोनस शेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारण शेयर पूँजीको पूँजी संरचना मिलाउनका लागि प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत सभामा लैजाने भनिएको थियो ।
सभा प्रयोजनका लागि जेठ १८ गते बुक क्लोजको मिति तय गरेको थियो ।