रिलायबल नेपाल लाइफको एजीएम सम्पन्न, लाभांश दिने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 06:15:08 PM मा प्रकाशित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको छ । 

सभाले १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लाभांश पारित गरेको छ । यसैगरी नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्ती सम्बन्धी प्रस्ताव पारित गरेको छ ।  

यस्तै पूँजी वृद्धि गर्ने र  प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारीत गरेको छ । 

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्ब ६४ करोड पुरा भएको छ । 

सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट डा. भिष्म कार्की र दिवेश लोहनी सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved