समाज लघुवित्तले बोलायो साधारसभा, मर्जर तथा प्राप्ति गर्ने विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 01:20:37 PM मा प्रकाशित

समाज लघुवित्त वित्तीय संस्था छैटौं वार्षिक साधारणसभा बोलाएको छ ।

गत असार ८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ३० गते सर्लाहीको मलंगवास्थित जानकी फेमली होटल एण्ड पार्टी प्यालेसमा बिहान साढे ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।

सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्ने, सञ्चालक समितिलाई अख्तियारी दिने र २ जना सर्वसाधारण समूह ‘ख’ सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आव २०७९ /८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले गत आर्थिक वर्षको खुद नाफा जगेडा कोष र रिटेन्ड अर्निङमा राख्ने र शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेकोले लाभांश प्रस्ताव भने छैन ।साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २० देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved