नागरिक लगानी कोषले बोलायो साधारणसभा, लाभांश पारित हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2024 | 07:43:25 AM मा प्रकाशित

nepal oil ltd

नागरिक लगानी कोष(सीआईटी) ले वार्षिक साधारण सभा बोलाएको छ ।

गत असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा बोलाएको हो ।  बैठकले आगामी असार ३१ गते सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ ।

उक्त सभाले  सञ्चालक समितिद्वारा गत आव २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  

यसका साथै सभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात,नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र शेयरधनी तथा सञ्चालकहरुको तर्फबाट १/१ जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी असार २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved