आईपीओ निष्कासनको तयारीमा रहेको ह्याम्स हस्पिटलको साधारण सभा आव्हान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 09:42:43 AM मा प्रकाशित

laxmi  sunrise bank

हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स) ले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।

सभा आगामी असोज २३ गते कम्पनीको कार्यालय, बुढानिलकण्ठ नगरपालिका- ९ मा दिउँसो २ बजेदेखि शुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ । तर कम्पनीले प्रतिशत लाभांश प्रस्ताव कति हो भन्ने सूचनामा खुलाएको छैन ।

यसैगरी, सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलातको विवरण पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।हाल कम्पनीले नेपाल धितोपत्र बोर्डमा ११ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम थप गरेर कुल २८८ रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति मागेको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved