सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ। विद्यमान चुक्तापूँजीबाट प्रस्ताव गरिएको लाभांश तथा आर्थिक वर्ष ०८०-८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न भएको हो।
सानिमा रिलायन्सको साधारणसभाले १८.३८११ प्रतिशतका दरले हुने छयहत्तर करोड नब्बे लाख पैंसाठी हजार दुई सय चौबीस बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको हो। साथै सञ्चालक समितिमा संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तीको अनुमोदन गरेको छ ।
सानिमा रिलायन्सका अध्यक्षले प्रचलित कानूनको अधिनमा रही उच्चस्तरीय प्रविधि प्रयोग गरी सेवा प्रदान गर्ने, डिजीटल भुक्तानीको विकास गर्ने कम्पनीको नीति रहेको जानकारी गराए। त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रत्यक्ष वा परोक्ष असरबाट बीमा व्यवसायमा थपिएको चुनौती बीच पनि कम्पनीका आर्थिक सूचकांकहरु सकरात्मक नै रहेक तथा कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी भुमिका, सञ्चालक समितिको अभिभावकिय भुमिका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको बताए।