दुधकोशी जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको ३०औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार तेस्रो वार्षिक साधारण सभा पुस १० गते बुधवार नेपाल विद्युत प्राधिकरणको सभाकक्ष, दरबारमार्ग, काठमाडौंमा अपरान्ह २ बजे हुने भएको हो ।
सभामा कम्पनीको आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरुको छलफल पारित गर्ने । साथै उक्त आर्थिक वर्ष २०८१/०८२ का लागि लेखा परीक्षक नियुक्क्ति र निजको पारिश्रमिक निर्धारण गर्ने छन् ।
यसका साथै, कम्पनीको नियमवाली २०७३ को नियम १४ शेयर पुजी हेरफेर गर्ने कुरा अनुसार हाल कायम भएको चुक्ता पुँजी र जारी पुँजी वृद्धि गरी कम्पनीको पुँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र संशोधन गर्ने बारे छलफल हुने सुचनामा उल्लेख छ ।