ह्याविटयाट पावर कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा बस्ने भएको छ। मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा पौष ११ गते बिहीवार कम्पनीको रजिष्टर्ड कार्यालय, हाडिगाउँ, काठमाडौमा बिहान ११ बजे बोलाएको हो ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।
उक्त सभामा लेखापरिक्षकको प्रतिवेदन सहित आ. व २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सम्बन्धित छलफल हुनुका साथै कम्पनीको संचालकहरुको सेवा सुविधा तथा बैठक भत्ता निर्धारण गर्ने विषयमा समेत छलफल हुने बताईएको छ।