सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न, ४ प्रतिशत लाभांश प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2025 | 09:46:16 AM मा प्रकाशित

laxmi sunrise bank

सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतबार २३औं साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । 

त्यस्तै, सभाले एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्नेलगायत प्रस्तावहरू पारित गरेको बैंकले जनाएको छ । 

साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved