मल्टीपर्पस फाइनान्सको २७औं साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2025 | 11:33:49 AM मा प्रकाशित

laxmi sunrise bank

मल्टीपर्पस फाइनान्स लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पौष २८ गते आइतवार संस्थाको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा अध्यक्ष चन्दन अग्रवालले वित्तीय संस्थाको २७ औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वार्षिक वित्तीय विवरण, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण समेटिएको वित्तीय विवरणमा छलफल गरियो। साथै, लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक सम्बन्धी प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरिएको छ।

साधारण सभामा वित्तीय संस्थाले आगामी भविष्यमा आफनै भवनबाट कारोबार सञ्चालन गर्नका लागि बिधापती चौंकस्थित नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयसँगै टासिएको डेढ कट्ठा जग्गा खरीद गरी भवन निर्माणको प्रक्रिया अघि बढाएको जानकारी गराएको छ। साथै, समय सापेक्ष सूचना प्रबिधि र बैंकिङ्ग कारोबारलाई सहज बनाउन अत्याधुनिक सफ्टवेयर जडान गरिरहेको र कारोबार विस्तारका लागि सर्लाही जिल्लाको कौंडेना गाउपालिका र गौंडैता नगरपालिकामा थप २ वटा शाखा गत महिनाबाट सञ्चालनमा ल्याइएको उल्लेख गरिएको छ।

उक्त सभामा वित्तीय संस्थाका संचालक सदस्य गेहनाथ ढुंगाना, जयप्रकाश ठाकुर, अशोक साह, गृष्मा श्रेष्ठ र महेश कुमार सिंह, प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह लगायत शेयरधनी र कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved