महालक्ष्मी विकास बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2025 | 03:18:57 PM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा मिति २०८१ साल पौष २९ गते, सोमबार (१३ जनवरी, २०२५) काठमाडौंको एलिस रिसेप्सन्स, गैह्रीधारामा सम्पन्न भयो। सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेका थिए। 

सभामा २०८१ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, र ईक्विटीमा भएको परिवर्तन सम्बन्धी आर्थिक विवरण छलफल गरी स्वीकृत गरिएको छ। साधारण सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ। यसमा ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) र ३ प्रतिशत बोनस शेयर वितरण गरिनेछ। 

आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड रहेको खुद मुनाफा, आर्थिक वर्ष २०८०/८१ मा ३३ प्रतिशतले वृद्धि भई ५०.०३ करोड पुगेको छ। सोही अवधिमा प्रति शेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत, र लाभांश दर ७ प्रतिशत कायम भएको छ।

सभामा अध्यक्ष उपाध्यायले शेयरधनीको सुझावलाई आत्मसात गर्दै बैंकका सेवा सुधारमा थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ग्राहक सन्तुष्टि र लगानीको प्रतिफल वृद्धि गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न बैंक सधैं अग्रसर रहने बताए।  

शेयरधनी र बैंकसँग सम्बन्धित सबै सरोकारवालालाई प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै, बैंकले आगामी दिनमा अझ उत्कृष्ट सेवा र दिगो वित्तीय विकास गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved